समाचार

असेन्सियो र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७२औं मिनेटमा गाब्रियल पाउलिस्टाले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएका थिए ।

यो जितपछि रियल म्याड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अन्तर घटाएको छ । रियल म्याड्रिडको १९ खेलमा ४५ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको भने १९ खेलमा ५० अंक रहेको छ र रियल म्याड्रिडभन्दा ५ अंकले अगाडी छ ।

त्यस्तै भलेन्सियाको भने १९ खेलमा २० अंक छ र लिगमा १४औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *