समाचार

क्यानको वोर्ड बैठक बस्दै, सन्दीपको निलम्बनबारे के होला निर्णय ?

काठमाडौं । नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ ।

मंगलबार पोखरामा बस्ने क्यानको बोर्ड बैठकमा लामिछानेको निलम्बन फिर्ता गर्ने विषयमा छलफल हुनेछ ।

त्यसबाहेक विवादित बनेको नेपाल टी–२० लिगबारे समेत छलफल हुने बताइएको छ । क्यानका ४० प्रतिशत केन्द्रीय सदस्यहरुले क्यान कार्यसमितिका पदाधिकारीको राजीनामा माग गरेको सन्दर्भमा बस्न लागेको बैठक अर्थपुर्ण छ ।

बैठकका एजेण्डा सार्वजनिक नभएपनि नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *