काठमाडौं । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
यसअघिका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक विहीन रहेको टोलीका लागि क्यानले दरखास्त आह्वान गरेको हो ।
एकसाताको समय दिदै क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । क्यानले पछिल्लो दुई वर्षको अन्तरालमा तीन प्रशिक्षक परिवर्तन गरिसकेको छ ।




