खेलकुद

संकटा आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौँ । संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ४-१ गोल अन्तरले पराजित गर्दै संकटा प्रतियोगिताको फाइनलमा पुगेको हो ।

संकटाको जितमा मेसुके र स्टिभन बिनोङले २-२ गोल गरेक थिए भने एपिएफका लागि हरि कार्कीले सान्त्वना गोल गरेका थिए ।

संकटाले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबबीच दोस्रो सेमिफाइनल हुने छ । त्यस्तै फाइनल खेल आगामी शनिबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *