आगामीमंसिर ४ हुने आमनिर्वाचनमा राजनीतिक पार्टीसँगै स्वतन्त्र र समाजसेवा लगायत विभिन्न क्षेत्रबाट राजनीतिमा आएका व्यक्तिले पनि उम्मेदवारी दिएका छन् । पार्टीबाहेक अन्य क्षेत्रबाट राजनीतिमा आएका व्यक्तिहरुले आगामी संघ र प्रदेश निर्वाचनमा आफूले उम्मेदवारी दिनुको औचित्य सामाजिक सञ्चालमार्पmत पुष्टि गरेका छन् ।
त्यसैगरी काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा स्थानीय युवा नेतृ कुन्ती पोखरेलले उम्मेदवारी दिएकी छन् । उनी समाजसेवा र व्यवसायबाट राजनीतिमा आएकी हुन् ।
यसरी समाजसेवा र व्यवसायबाट आफू राजनीतिमा आउनुको औचित्य पछाडि– ‘पछिल्लो समय नेपालमा अनियमितता, भ्रष्टाचार, अन्याय, अत्यचार, अराजकता, कुसंस्कार, कुसंस्कृति, महिला हिंसा, हत्या, बलात्कार, राष्ट्रघात र देशद्रोही जस्ता घटनामा मौलाएर गएको छ । यसको विरुद्ध सामाजिक सेवामार्फत धेरै लडियो तर राज्यपक्षबाट खासै सुनुवाइ भएन । त्यसको लागि देशको नीति निर्माण तहमा पुगेर कानुन बनाउनुपर्ने आवश्यकता रहेछ । राज्यको पहुँचमा पुग्न राजनीतिमा आउन आवश्यक देखियो । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य भएँ । आगामी संघ र प्रदेश निर्वाचनको लागि मैले काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छु’, पोखरेलको प्रष्टोक्ति छ ।
‘आपूm नीतिनिर्माणको तहमा पुगेपछि यसका विरुद्ध आवाज बुलन्द गर्नेछु । दूरदराजमा रहेका महिलाहरुमा हुने हत्या, हिंसा, बलात्कारविरुद्ध लड्नेछु । हेपिएका, ओझेलमा परेका, गाँस, वास, कपासको समस्याले गाँजिएका र व्यक्तिगत स्वतन्त्रताबाट बिमुख भएकाहरुको अधिकार मुखरित गर्नेछु । यी र यस्ता समस्या समाधानका लागि मेरो उम्मेदवारी रहेको छ,’ पोखरेलले प्रष्ट पारेकी छन् ।
पोखरेलले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्पmत यस्तो बताएकी हुन् । यसरी अन्यले पनि आ–आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गरेका छन् । उता उनका प्रतिस्पर्धीहरु प्रायः पटक–पटक राज्यको नीतिनिर्माण तहमा पुगिसकेका, बाहिरबाट आएका र पहुँचमा पुग्दा पनि जनचाहनाअनुसार खासै काम गर्न नसकेका पुराना अनुहारहरु छन् । त्यसले गर्दा पनि काठमाडौं २ मा पोखरेलको उम्मेदवारी बलियो विश्लेषकको ठम्याइ छ ।




