देश

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही

काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् ।

कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ ।

मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *