राजनीति

नेकपा समाजवादीले आगामी निर्वाचनमा उमेदवार लागि तोकेका सात मापदण्ड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्षम उमेदवार बन्नका लागि विभिन्न सात मापदण्ड तोकेको छ । पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सात मापदण्ड ७ मापदण्ड आवश्यक पर्ने भन्दै किटान गरेको छ । । आज बसेको उक्त पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको महासचिव डा . बेदुराम भुसालले जानकारी दिएका छन ् ।

उनका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन
सक्ने पाटीको बैठकले निर्णय गरेर निर्देशन दिएको हो ।

नेकपा एकिकृत समाजवादीले निर्णय गरेका सात निर्णयहरु यस्ता छन् :

१.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२. पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३ .पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
५.जनतामा स्थापित र लोकप्रीय रहेको,
६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
७.कार्यक्षमता र सक्रियता राम्रो भएको

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *