समाचार

प्रचण्ड र नारायणकाजी श्रेष्ठबिच डेढ घण्टा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच कुराकानी भएको हो । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको बताइएको छ ।

भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *