काठमाडौं । पोखरा महानगरपालिकाले ६ महिनाभित्र ३ हजार जनालाई रोजगारीको ज्ञ्यारेन्टी घोषणा सहितआफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बुधवार पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले यस्तो नीति तथा कार्यक्रम समावेश गरेर सार्वजनिक गरेका हुन् । महानगरपालिकाले विशेषगरी १२ कक्षासम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरेर उक्त कार्यक्रमको घोषणा गरेको हो ।
आफ्नो नीति तथा कार्यक्रममा मेयर आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा विकासको मुख्य केन्द्र विन्दु बनाएका छन ।
पोखरा महानगरपालिकाले सार्वजनिक गरेको घोषणपत्रमा सबै कुरा समेटिएको छ ।
विज्ञप्ती घोषणापत्र यस्तो रहेको छ :




