समाचार

युक्रेनको सेभेरोडोनेत्स्कमा अझै १० हजार नागरिक अलपत्र : गभर्नर

एएफपी । युक्रेनको पूर्वी शहर सेभेरोडोनेत्स्कमा करिब १० हजार नागरिक फसेका छन् जहाँ रुससँगको चर्को लडाइ केही हप्तादेखि चलिरहेको छ ।    


लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले १ लाख बासिन्दाहरू मध्ये लगभग १०,००० अझै त्यही क्षेत्रमा रहेको टेलिग्राममा उल्लेख गरेका छन् । उनले कीभको सेनाले “शत्रुलाई सकेसम्म पछाडि धकेलिरहेको” पनि बताएका छन् ।    

द्वन्द्व जारी रहँदा त्यस क्षेत्रमा तनाव बढिरहेको छ मानिसहरू बाहिरिने क्रम तीव्र बनेको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *