शिक्षा / स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित

काठमडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टीजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *