समाचार

चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन सन्तुष्ट, आगामी चुनावसम्म तालमेल कायम राख्ने तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् ।

गठबन्धनका शीर्ष नेताहरुले चुनावी परिणाम उत्साहजनक रहेको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारी गरेका छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’ समीक्षा भएको थियो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’दयगत सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए । स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको उनले बताए । अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जाने उनको भनाइ थियो ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *