स्थानीय तह निर्वाचन-२०७९

कञ्चनपुर पुनर्वासको मेयर-उपमेयरमै कांग्रेस विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् ।

शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४,६७४ मत प्राप्त गरे । एकीकृत समाजवादीका जीवनराज थापाले ३,७३४ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित रानाले ७,३४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५,४९२ र एमालेकी सुशीला खत्रीले ५,३०३ मत प्राप्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *