समाचार

काठमाडौंको ३१ नम्बर वडा एमालेले जित्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ।

वडा नम्बर ३१ मा एमाले उम्मेदवार सरोज ढकालले ४ हजार ७ सय ६७ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका रवीन्द्र विक्रम रानाले २ हजार ९ सय ९१ मत ल्याए र

काठमाडौंका १३ वटा वडाको मतगणना सकिदा एमालेले ७ र कांग्रेसले ६ वटा वडा जितेका छन् । अब ७ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *