काठमाडौं । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता बढाएकी छन् ।
७९ हजार ९१० मतको गणना हुँदा रेनुले ३१ हजार १२२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् । रेनुले ६ हजार ५०० मतको अग्रता कायम गरेकी हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३३ हजार ५३१ मत पाएका छन् । एमालेको समर्थन समेत पाएकी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् ।




