ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले लगातार अग्रता बनाइरहेका छन् ।
पछिल्लो मतगणना अनुसार महर्जनले २७ हजार २४२ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले १५ हजार ९८३ मत ल्याएका छन् ।
अहिलेसम्मको मतगणनामा महर्जनले एमालेका व्यञ्जनकारमाथि ११ हजार २६९ मतको अग्रता बनाएका छन् ।
त्यस्तै राप्रपाका अष्टबहादुर महर्जनले २६१० मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा भने एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १५ हजार ७६५ मतसहित अग्रता बनाएकी छन् । उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १० हजार ८३४ मत ल्याएर पछ्याइरहेका छन् ।




