देश

अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी र कलाकार भूमिका श्रेष्ठले अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज २०२२ अवार्ड प्राप्त गरेकी छन् । काठमाडौंमा अमेरिकी दूतावासले हिजाे शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले श्रेष्ठलाई सो अवार्ड हस्तान्तरण गरेका हुन् ।

अवार्ड ग्रहण गर्दै श्रेष्ठले यो पुरस्कारले लैंगिक समानताका लागि अझ सशक्त रूपमा लाग्ने प्रेरणा मिलेको बताइन् । सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानवअधिकार र लोकतन्त्रको पक्षमा रहेको बताइन् ।

कार्यक्रममा राजदूत बेरीले नेपालका यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि भूमिकाले गरेको योगदानको चर्चा गरिन् अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार नेपालले दोस्रो पटक लगातार पाउन सफल भएको हो । गत वर्ष एसिड आक्रमणविरुद्धको अभियानका लागि मुस्कान खातुनलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *