समाचार

मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चार जना घाइते

काठमाडौं । मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ । दुर्घटनामा हेटौंडा–९ का योग्यराज सापकोटा गम्भीर घाइते भएका छन् । शनिबार बिहान मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सापकोटा सवार प्रदेश–३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्यांकरसँग ठक्कर खाएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त कारमा सापकोटासहित उनकी श्रीमती, उनका दुईजना बच्चा रहेको र सबै घाइते भएको जनाइएको छ । घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ । सापकोटाको र उनकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *