काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका लागि लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही समय अघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी प्रवेश गरेका हुन । एक दिने नेपाल भ्रमणमा आएका मोदीका लागि भने समयको अति नै महत्व छ । छोटो समयमा एक दिने नेपाल भ्रमणमा आएका मोदीलाई मुख्य व्यक्ति संगको भेटघाटले उनलाई निकै महत्वमा राखेको छ ।
नेपाल भ्रमणमा रहेका मोदीको आजको समय तालिका यस्तो :
११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ स् २० परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने समय तालिका तय भएको छ ।




