काठमाडौं । झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएपछि राजेन्द्र लिङदेन हल्दिबारी पुगेका हुन् ।
आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजयको खुशियाली मनाउन सहभागी भएका छन् । यसैगरी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । लिङ्देन चुनावपछि पनि झापामा नै केन्द्रित रहेका छन् ।




