समाचार

महालक्ष्मी नगरपालिकामा एमाले र गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा

काठमाडौ । ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा भएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिस्प्रर्धी माओवादीका शिव कट्टेलले ४ सय ८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार विना सुवेदीले ४ सय ६९ मत पाएकी छिन् भने गठबन्धनतर्फबाट कांग्रेसकी लक्ष्मी महर्जनले  ३ सय ४६ मत पाएकी छिन् ।
महालक्ष्मी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *