समाचार

सप्तरीको डाक्नेश्वरीकाे स्थगित मतदान १ जेठमा

काठमाडौं । सप्तरीको डाक्नेश्वरीमा स्थगित भएकाे मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेकाे हाे ।  

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए । एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो । 

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *