समाचार

गोरखाको गण्डकी गाउँपालिका-६ मा मतदान स्थगित

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ । 

केन्द्रको तीन सय मिटर क्षेत्रभित्र दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको हो ।

शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।
अहिले सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया पुनः सुचारु गर्ने तयारी भएको घ्याल्चोक प्रहरी चौकी प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *