समाचार

भरतपुर महानगरपालिकालाई पार्टीको भर्ती केन्द्र बनाइयो : विक्रम पाण्डे

काठमाडौं । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएको आरोप लगाएका छन् ।

महानगर जनताले तिरेको करबाट चलेको भन्दै उनले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताए । महानगरलाइ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उनको आरोप छ।

भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उनले बताए । एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन् ।

राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उनले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि रहेको बताए । ुम राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो, उनले भने

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *