समाचार

मत बदर शून्य, मनाङको नमुना मतदानमा

काठमाडौं । स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेको छ । नमुना मतदानमा ३४ जना सहभागी थिए । सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन ।

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेको मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *