काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ओली प्रवृत्तिको अन्त्यका लागि पाँच दलीय गठवन्धन बनेको स्पष्ट पारेका छन ।
ठूलो संघर्ष गरेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा र स्थायीत्व र विकासका लागि गठवन्धन गर्न आवस्यक भएको उनको तर्क थियो ।
संखुवासभाको चैनपुर नगरपालिकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रतिगमनको परास्त गर्न, जनजीविकाको विषयको हल गर्न र शान्तिप्रक्रियाका अधुरा काम पुरा गर्न गठवन्धनका उम्मेदरवारलाई मतदान गर्न श्रेष्ठले आह्वान गरे ।
गठवन्धले स्थानीय तह, प्रदेश र केन्द्रमा जितेर केपी ओली नेतृत्वको सरकारमा भएको भ्रष्टाचरको छानवीन गरी भ्रष्टाचारीलाई कानुनी कठाघारमा उभ्याउने समेत उनले बताए।




