समाचार

राक्सिराङ गाउँपालिकामा निर्विरोध एक जना वडा सदस्य

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तहको निर्वाचनअन्तर्गत राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडामा दलित महिला वडा सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्विरोध भएकी हुन् ।

उक्त पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताए । यद्यपि, निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *