समाचार

कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले लिए मनोनयन फिर्ता

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

पार्टीले युवाका नाममा आफूजस्ता पुराना कार्यकर्ताको भावनाको सम्बोधन नगरेको भन्दै उनले पार्टीकै उम्मेदवारविरुद्ध नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले आफ्नो फेसबुकवालमा लेखेका छन्, ुकोहलपुर नगरपालिकाको प्रमुख पदमा दिएको मेरो उम्मेदवारी फिर्ता लिएको छु । नेपाली कांग्रेसका उम्मदवारलाई जिताउन अनुरोध गर्दछु ।’

उनी पार्टीको लामो समय कोहलपुर नगर समिति सभापति र हाल निर्वाचन क्षेत्र– १ क का सभापति हुन् । कोहलपुर नगरपालिकाका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार शुक्रबार दिउँसो साढे १ बजेसम्म कोहलपुरमा एक जना प्रमुख, एकजना वडा अध्यक्ष र दुई वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरू सबै स्वतन्त्र उम्मेदवार बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *