समाचार

गोरखामा ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता

काठमाडौं । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नौ पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको छ ।

वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकीको सदस्यमा एकल मनोनयन परेको छ । वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोको मनोनयन परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *