समाचार

हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवारी

काठमाडौं । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेदवारी दिएको छ ।

५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो । जसपाका तर्फबाट हेटौंडाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धनको तर्फबाट भने मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बाँनियाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *