समाचार

जाजरकोटमा आज एक जना मात्र गरे उम्मेदवारी दर्ता

काठमाडौं । जाजरकोटका सात स्थानीय तह मध्ये नलगाड नगरपालिकामा मात्र एक जनाको उम्मेदवारी दर्ता भएको छ । जसपाबाट नगरप्रमुखको लागि सत्यदेव शर्माले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

गठबन्धनभित्र वडासम्मा सहमति नभएको र नेकपा एमालेभित्र पालिका प्रमुख, उपप्रमुखको मात्र उम्मेदवार टुंगो लागेका कारण कसैले आज मनोनयन दर्ता नगरेको पाइएको छ ।

गठबन्धनभित्र आज दिउँसो मात्र पालिकाको भागबण्डा टुंगो लागेको थियो । भोलि मात्र उम्मेदवारी दर्ता गर्नेको ठूलो भीड लाग्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *