रामेछाप ।यतिबेला स्थानीय तह निर्वाचनले देशको माहोल थप गर्माएको छ । विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरु आ–आफ्नो पार्टी जिताउन लागेका छन् । यसअघिको निर्वाचनभन्दा यस पटकको निर्वाचन विभिन्न कारणले गर्दा थप रोचक र घोचक बन्ने देखिन्छ ।
केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसहितका दलहरू आगामी निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने भएका छन् ।त्यससँगै देशभरको राजनीतिक माहोल थप रोचक भएको छ । केन्द्रमा गठबन्धन गरिरहेका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले देशभर तालमेल गरेर जाने निर्णय गरेसँगै प्रतिपक्षमा रहेको नेकपा एमाले थप दबाबमा परेको छ ।
नेकपा एमालेको तर्फबाट सुनापति गाउँपालिकाको अध्यक्षको लागि २ जनाको नाम सिफारिस भएको छ । शनिबार बसेको एमाले सुनापति गाउँपालिका कमिटीको विस्तारित बैठकले गाउँपालिका अध्यक्षका लागि २ जनाको नाम सिफारिस गरेको हो ।
तेस्रो विस्तारित बैठकले राज कुमार मैनाली र ज्ञान कुमार योन्जनको नाम अध्यक्षका लागि सिफारिस गरेको हो ।
योञ्जन एमालेको सुनापति गाउँपालिका कमिटी अध्यक्ष हुन् भने मैनाली नेपाल राष्ट्रिय बक्सिङका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका मैनाली यातायात तथा होटेल व्यवसायीसमेत हुनुहुन्छ । मैनाली सुनकोसी लहरे माने, सुनपाती शैलुङ पर्यटकीय सरक्षणका अध्यक्ष समेत हुनुहुन्छ । समाज सेवामा निरन्तर सकृया मैनाली आफू उम्मेदवार भई विजयी भएमा गाउँपालिकालाई पर्यटनको माध्यमबाट आर्थिक संवृद्ध बनाउन लागि पर्ने बताउनुहुन्छ । अध्यक्षमा निर्वाचित हुन सकेकमा बृहत् सुनापातीको गुरुयोजनालाई साकार पार्न आफू लागि पर्ने मैनालीको भनाई छ ।
राजनीतिकसँगै समाजसेवामा सकृया युवा नेता मैनालीले आपत् बिपतमा समयमा रामेछापका चार पालिकाहरूमा विशेष सहयोग गर्दै आइरहनुभएको छ । मैनालीले कोभिड नियन्त्रणका समयमा पनि आफू फ्रन्ट लाइनमा बसी पालिकासँग र विभिन्न संघसंसथाको सहकार्यमा काम गरेका थिए ।
एमाले सरकारमा हुँदा केन्द्र र प्रदेशसँग सहकार्य गरी सुनापातीलाई विकास गर्न सडक खानेपानी कृषि सिँचाइ नदी नियन्त्रण गुम्बा मठ मन्दिर निमाणमा बजेट विनियोजन गरी सम्बृद्दतर्फ अगाडि बढाउने काम गरेकोले सुनपातीमा एमाले नै विजयी हुने मैनालीको दाबी छ ।
‘एमालेको चुनाव चिन्हबाट जितेकाहरूले पार्टी छोडेर गद्दारी गरेकाले अब नयाँ नेतृत्व आउनै पर्छ, एमालेको हिजोको कामले पनि जितलाई सहज पारेको छ ।’मैनालीले भन्नुभयो । ‘मेरो आकाङ्क्षा हो, म नै हुन्छु भनेर त म अहिले नै मन्न सक्दिन, पार्टीमा छलफल आवश्यक छ’ मैनालीले भने मैनाली मिसन बचत तथा ऋण सहकारी संस्था लि. सचिव समेत हुनुहुन्छ ।




