काठमाडौं । एकैपटक ६७३ प्रहरी निरीक्षक इन्स्पेक्टर को सरुवा भएको छ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता लगाउन लागे कै दिन प्रहरी प्रधान कार्यालयले यति ठुलो सङ्ख्यामा प्रहरी निरीक्षकको सरुवा गरेको हो ।
चैत २४ गतेको प्रहरी महानिरीक्षकको निर्णयले उनीहरूले सरुवा गरिएको उल्लेख छ। आउँदो वैशाख महिनाको तलब, भत्ता हाल सरुवा भएको ठाउँबाट नै पाउने गरि उनीहरूको सरुवा भएको हो।




