समाचार

धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन

काठमाडौं । पशुपतिनाथ परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको पशुपति विकास कोष तथा सरकारको टोलीलाई व्यवस्थापन पक्षले गेट लगाएर भित्र पस्न रोकेको छ ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएका सरकारी प्रतिनिधिलाई धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै भित्र प्रवेश गर्न दिएन । हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो ।

यसअघि पनि कोषका प्रतिनिधि धर्मशालामा जाँदा पत्र बुझ्न मानेको थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *