राजनीति

धरानमा गठबन्धनले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने

काठमाडौं।स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनमा जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ ।

मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागवण्डामा लगभग सहमति गरेको छ । नेपाली कांग्रेस र अन्य दलले ६०–४० का आधारमा भागवण्डा गर्ने विषयमा लगभग सहमति भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *