समाचार

गायक पोखरेल रेडियो नेपालको बोर्ड सदस्य नियुक्त

काठमाण्डौं । नेपाल सरकारले रेडियो प्रचार सेवा विकास समितिको सदस्य गायक सीताराम पोखरेललाई नियुक्त गरेको छ । पोखरेललाई मन्त्रीस्तरिय निर्णयबाट दुई वर्षका लागि नेपाल सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

‘रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने छु’- नियुक्तिपछि पोखरेलले बताए ।

सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन ।

पोखरेललाई नेपाली मनोरन्जन क्षेत्रमा मोडल तथा कलाकारको रूपमा पनि चिनिने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *