समाचार

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
 

आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ  । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *