समाचार

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री रोकाया अनुगमनमा

जुम्ला। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया  जुम्लामा सञ्चालित योजना अनुगमन गर्नका लागि कालिकाकोट हुँदै जुम्ला पुगेका छन् । उनले एक सातादेखि प्रादेशिक मन्त्रालयबाट सञ्चालित योजनाहरूको प्रभावकारी  भए नभएको  विषयमा अनुगमन गरेका हुन् । 

मन्त्रालयबाट कार्यालयमार्फत कार्यान्वयनमा रहेका भौतिक पूर्वाधार र सहरी विकाससम्वन्धीका लागि योजना अनुगमन गर्न कालिकोट र हुँदै जुम्ला पुगेको कर्णाली सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए  ।

२/३ देखि जुम्लाको सिंजा भेगमा पर्ने हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा सञ्चालनमा रहेका विकास निर्माणकाे अनुगमन गर्ने क्रम जारी रहेको मन्त्री रोकाया निजी सचिव अमर रोकायाले बताए ।

आवश्यकताअनुसार सडक, पुल, भवन र अन्य योजना उपलव्ध गराएको मन्त्री रोकायाले बताए । उनले भने, ‘कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडकखण्ड पीच गर्नका लागि एक अर्ब २० करोड बजेट व्यवस्थापन भएको छ । नाग्मदेखि गोठीजूलासम्म एक वर्षमा सडक पीच हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *