राजनीति

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको तदर्थ समिति विस्तार

खोटाङ । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले खोटाङमा तदर्थ समिति विस्तार गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको शनिबार दिक्तेलमा सम्पन्न भेलाले तदर्थ समिति बनाएको हो ।

भेलाले संयोग तामाङको नेतृत्वमा १५ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको जिल्ला कमिटी गठन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक राजकुमार हिङमाङ, प्रदेश १ का सचिव सकल लिम्बू र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य भीम घिमिरेको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *