कला/साहित्य

क्यान्सर पीडित साहित्यकार घिमिरेलाई आर्थिक सहयोग

काठमाडौं । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर राेगसँग लडिरहेका तोया घिमिरेलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बीच उनकाे उपचारका लागि  आर्थिक सहयोग र सम्मान गरेको हो ।

घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित छन । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर घिमिरेलाई ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *