समाचार

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।

दलका नेता महेन्द्रबहादुर शाहीले आज (आइतबार) प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।

विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *