शिक्षा / स्वास्थ्य

थप ८२ जनामा कोरोना सङ्क्रमण , २१३ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (बुधबार) थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

४ हजार ७९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर ४ हजार ५७४ जना सक्रिय सङ्क्रमित छन् ।

२१३ जना सङ्क्रमित निको समेत भएका छन्। यसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या शून्य छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *