खेलकुद

पपुवा न्यूगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यूगिनीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गरेको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाउदै २०४ रन बनाएको हो ।

पपुवा न्यूगिनीका लागि चार्लेज अमिनीले सर्बाधिक ५९ रन बनाएका थिए भने चाद सोपरले ३५ रन बनाए । त्यस्तै टोनी उराले २७, लेगा सिआकाले २५, कप्तान असाद भालाले १९ र नोरमान भनुआले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सोमपाल कामीले सर्बाधिक ३ विकेट लिए । सोमपालले आफ्नो १० ओभरमा ४८ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए भने बाँकी दुई विकेट नेपालले रनआउटको रुपमा लिएको थियो ।

अब २०५ रनको लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *