काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।
जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो ।
प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ ।




