समाचार

अनलाइनमार्फत् झण्डै ३० लाख ठग्ने गौतम पक्राउ

काठमाडौं । आफुलाई विेदशी नागरिक बताउँदै ठग्ने काभ्रेका एक युवलाई प्रहरीले पक्राउ गरेको छ ।

ह्वाट्सयापबाट ९० लाखको चिठ्ठा परेको र सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको भन्दै त्यसका लागि करबापत् २९ लाख ४० हजार रुपैया पठाउन लगाएर ठग्ने काभ्रे मण्डनदेउपुरका गान्दिप गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो नाम जोन लरेन्स राखेर गठी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीको अपराध महाशाखाले पक्राउ गरेका गौतमलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *