समाचार

७ महिनामा झन्डै १३ अर्बको धान आयात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।

सो अवधिमा बङ्गलादेशबाट १४ हजार रुपैयाँ मूल्य बराबरका १६ केजी र भारतबाट ३ करोड २१ लाख ५२ हजार रूपैयाँ मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *