काठमाडौं । राष्ट्रमा सुख, शान्ति र सद्भावको कामनाका गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा रहेको पाथीभरा मन्दिरमा आजदेखि पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ सुरु गरिएको छ।
मन्दिर स्थापना भएको प्रत्येक वर्ष कोटीहोम आयोजना गर्दै आए पनि यस वर्ष विगतको तुलनामा बृहत्रुपमा सुरु गरिएको महायज्ञ आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने बताइएको छ।
महायज्ञमा हरेक दिन बिहान र साँझ हवन, कथावाचन, पितृमोक्ष, आरती र भजनकीर्तन गरिने भएको छ । महायज्ञमा देशका विभिन्न स्थानका दुई दर्जन गुरुको सहभागिता रहेको छ । उपमहानगर प्रमुख हरिवहादुर महतले महायज्ञ र महोत्सव उद्घाटन गर्दै आफू हेटौडाको पर्यटकीयस्थको विकासका लागि लागिपरेको बताए।




