राजनीति

एमाले अध्यक्ष केपी ओली पोखरामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन्। एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन्।

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ। एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ। सोही कारण ओली देश दौडाहमा लागेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *