समाचार

एमाले सांसद मोहन वानिया पक्राउ

काठमाडौं । मुगुका एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

बलात्कार आरोपमा जाहेरी दर्ता भएपछि वानियालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको हो । जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोपमा वानियाविरुद्ध जोहरी दिएकी थिइन ।

माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *