काठमाडौँ । पश्चिमी देशहरूले युक्रेनलाई रुसी सेनाको अग्रसरताको सामना गर्न मद्दत पठाइरहेका छन् । फ्रान्सले युक्रेनलाई हतियार र उपकरण पठाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार बिहान फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग कुरा गरेको ट्वीट गरेका छन् ।
उनले लेखेका छन्, ‘कूटनीतिक स्तरमा नयाँ दिनको सुरुवात । युद्ध विरोधी गठबन्धन काम गरिरहेको छ ।’
जेलेन्स्की र म्याक्रोनको कुराकानी पछि फ्रान्सले युक्रेनलाई हतियार पठाएको बताइएको छ ।
यसअघि म्याक्रोनले शुक्रबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग टेलिफोनमा कुराकानी गर्दै युक्रेनको आक्रमण रोक्न आग्रह गरेका थिए । म्याक्रोनले युक्रेनमथु रुसको आक्रमण हुनु केहि दिन अघि मात्र मस्को पुगेर पुटिनसँग भेटवार्ता समेत गरेका थिए ।




